२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी : नेपाल अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

अ+ अ-

काठमाडौँ । रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रा.लि.का २९ जना मजदुर अझै बेपत्ता छन् ।

काठमाडौँको जडीबुटीमा प्रधानकार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा बेपत्ता भएका उक्त प्रालिका कार्यालय प्रमुख विकास लामाले जानकारी दिए। पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढीमा परेको उनले बताए।

“पर्यटक लिएर गएका र कोही पर्यटक लिएर फर्किन लागेको अवस्थामा भोटेकोशी बाढीमा परी हाम्रा १८ बस र २९ मजदुर हालसम्म बेपत्ता छन् । खोजी कार्य जारी छ,” प्रमुख लामाले भने ।

उनका अनुसार बाढीमा परी चालकसहित प्रालिका कुल ३३ जना मजदुर बेपत्ता भएका थिए । तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको बाढीमा परी मृत्यु भएकामा निजको शव पनि फेला परेको छ ।

बाढीमा परी बेपत्ता भएका बसमा कति नेपाली तथा कति जना विदेशी नागरिक थिए भन्ने बारे पनि यकिन नरहेको जनाइएको छ ।

प्रा.लि.ले आफ्ना चालक तथा मजदुरको शीघ्र खोजी तथा उद्धार गरी सकुशल घर फर्काउन पहल गरिरहेको छ । बाढीपछि विभिन्न निकायको समन्वयमा खोजी तथा उद्धार कार्य जारी रहँदा पनि प्रालिका बेपत्ता व्यक्तिको यकिन अवस्था अझै खुल्न नसकेको जनाइएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले भोटेकोशी बाढीमा परी बेपत्ता भएका मजदुर र सवारीसाधनको खोजी र उद्धारमा महासंघ लागि परेको बताए। उनले भने, “बाढीमा दजनौँ सवारीसाधन र मजदुर बेपत्ता छन् । हामी खोजीमा लागिपरेका छौँ ।”

अध्यक्ष सिटौलाले बाढीमा परेर बेपत्ता भएका सवारीसाधन तथा मालवाहक सवारीसाधनको बैंकिङ फाइनान्स लगायतका किस्ता रकम तिनुपर्ने बाध्यता भएकाले तत्कालका लागि त्यो बाध्यता रोकिदिन सरकारसँग आग्रह पनि गरे । 

0 Comments