२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले साधारण समूह तथा साधारण उपसमूहतर्फ रिक्त रहेका विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानव स्रोत विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ जनाका लागि आवेदन माग गरिएको हो।

सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि  ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट रहेको छ । 

यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन भरेका उम्मेदवारले असोज ३० गतेभित्र आफूले आवेदन दिएको सम्बन्धित कार्यालयमा उपस्थित भएर सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

आवेदन फाराम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकसहित देशभर तोकिएका बाहिनी मुख्यालय, गण तथा गुल्महरूबाट बुझाउन सकिने व्यवस्था गरिएको छ।

0 Comments