२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद तामाङको टिप्पणी : ‘ सरकारले ग्यास छैन भने दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव देखिएको भन्दै सरकारको आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यासको समस्या लिएर आफूलाई दैनिक हजारौँ फोन आउने गरेको बताइन्। बजारमा ग्यासका सिलिन्डर देखिए पनि कतिपय पसलेले बिक्री गर्न नमानेको गुनासो उपभोक्ताबाट आउने गरेको उनको भनाइ छ।

तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाउने अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले यस्तो अवस्था कायम रहनुमा सरकारभन्दा कुनै समूह वा माफियाको प्रभाव बढी देखिएको हो कि भन्ने प्रश्नसमेत उठाइन्।

उनले भनिन्, ‘लासामा सुन छ, कान मेरो बुच्चै छ’ भन्ने अवस्था जस्तै ग्यास बजारमा हुँदाहुँदै उपभोक्ताले पाउन नसकेको भन्दै यसबारे सभामुखमार्फत जवाफ मागेकी छन्।

जनताले रास्वपालाई ठुलो जनमत दिएर पठाउनुको उद्देश्य बजारमा ग्यास हुँदाहुँदै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना गर्नु नभएको उनको भनाइ थियो।

तामाङले सरकारसँग ग्यास उपलब्ध गराउन नसक्ने अवस्था भए स्पष्ट घोषणा गर्नसमेत आग्रह गरिन्। ग्यास उपलब्ध नहुने हो भने सरकारले जनतालाई वैकल्पिक व्यवस्था अपनाउन जानकारी दिनुपर्ने भन्दै उनले व्यंग्यात्मक रूपमा ‘दाउरा खोजेर भात पकाएर खाऊ’ भन्नुपर्ने अवस्था आउन सक्ने बताइन्।

उनले ग्यासको समस्या समाधान गर्न भन्दै पटक-पटक मन्त्री परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन्। ग्यासको समस्या यथावत् राखेर मन्त्री मात्रै परिवर्तन गर्दै जाने हो भने आगामी दिनमा ग्यासको लाइनभन्दा मन्त्री बन्नेहरूको लाइन लामो हुने उनको टिप्पणी थियो।

0 Comments