५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान र शान्ति सम्झौतामाथि प्रहार भइरहेको छ’ : ‘प्रचण्ड’

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको आरोप लगाएका छन् । 

शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति भक्तपुरले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले सुकुम्वासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायका अधिकार, हित र पहिचानमाथि विभिन्न ढंगले प्रहार भइरहेको बताएका हुन् । 

उनले शान्ति सम्झौताले परिकल्पना गरेको नयाँ नेपालको सपना र त्यसबाट प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको ऐतिहासिक शान्ति सम्झौताले निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आधार तयार गरेको उनको भनाइ छ । दाहालले शान्ति सम्झौतापछि संविधानसभाको निर्वाचन भएको र दुई पटकको प्रयासपछि संविधानसभाबाट समावेशी संविधान निर्माण गर्न सफल भएको स्मरण गरे । उक्त संविधानले सयौँ वर्षदेखि विभेद, अन्याय र अत्याचारमा पारिएका समुदायलाई राज्यका सबै अंगमा प्रतिनिधित्वको सुनिश्चितता गरेको उहाँले बताए।

उनले भने, ‘अहिले देशमा असहज राजनीतिक परिस्थिति सिर्जना भएको छ । संविधान र त्यसले सुनिश्चित गरेका अधिकारमाथि विभिन्न कोणबाट चुनौती देखिएका छन् । शान्ति सम्झौताले अधिकार, पहिचान र समानताको सपना देखेका सुकुम्वासी, आदिवासी जनजाति, दलित तथा महिलालगायतका समुदायमाथि विभेद र अन्यायका समस्या अझै कायम छन् । ऐतिहासिक शान्ति सम्झौताको उद्देश्य नयाँ नेपाल निर्माण गर्नु, संविधानसभामार्फत जनतालाई सार्वभौम बनाउनु र करिव २५० वर्ष पुरानो निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु थियो । दुई पटकको संविधानसभा निर्वाचनपछि हामीले समावेशी संघीय  लोकतान्त्रिक संविधान निर्माण गर्‍यौँ। यस संविधानले लामो समयदेखि विभेद र उत्पीडनमा परेका समुदायको राज्यका सबै निकायमा प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने आधार तयार गर्‍यो । त्यसैले संविधान, लोकतन्त्र, गणतन्त्र, समावेशिता र जनताका अधिकारको रक्षा गर्नु आजको प्रमुख दायित्व हो ।’

संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा परिभाषित गरेको उल्लेख गर्दै उनले संविधान र शान्ति सम्झौताका उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताए।

0 Comments