२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काठमाडौँ बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य

अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताएका छन् । 

आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको उहाँको भनाइ छ । आचार्यले काठमाडौँलाई देवताहरूको सहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि देवताकै रूपमा आफ्नो सम्पदा र महानगरको संरक्षण गर्नुपर्ने बताए । उनले केही महिनाअघि भारतीय युट्युबहरूले काठमाडौँको सरसफाइ र सौन्दर्यबारे तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबहरूले नेपाल र काठमाडौँको प्रशंसा गरेको देख्दा आफूलाई गर्व लागेको उनको भनाइ छ । 

‘काठमाडौं अहिले कति सफा र सुन्दर देखिएको छ, यसबाट हामीले सिक्नुपर्छ’ भन्ने आशयका सामग्री भारतीय युट्युबमा हेर्न पाएको उल्लेख गर्दै आचार्यले त्यसले नेपालीको गौरव बढाएको बताए । उनले काठमाडौं महानगरपालिकामा पछिल्लो समय भएका सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सुन्दरतामा थप ध्यान दिनुपर्नेमा जोड दिए । 

उनले भने, ‘करिव ५० वर्षअघिदेखि नै महानगर बिग्रिन शुरु भएको हो । तर अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । पछिल्लो समय भने महानगर सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा कामहरू भएका छन् । ठाउँ–ठाउँमा फल्चा निर्माण भएका छन् । हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ । देवतैदेवताले भरिएको काठमाडौं महानगरपालिकालाई हामी यहाँका नागरिकले पनि देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्छ । केही महिनाअघि भारतीय युट्युबहरूले काठमाडौँबारे बनाएको एउटा कार्यक्रम हेरेँ । उनीहरूले काठमाडौँ अहिले कति सफा र सुन्दर भएको छ र यसबाट हामीले पनि सिक्नुपर्छ भनेर प्रशंसा गरेका रहेछन् । त्यो देख्दा नेपाली भएको नाताले हाम्रो गर्वले छाती फुलेको छ ।’

आचार्यले महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्त्वपूर्ण भूमिका रहने भन्दै सबैले आफ्नो सहरप्रति जिम्मेवार बन्नुपर्ने बताए । 

0 Comments