२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ८४ हप्तादेखि निरन्तर हाटबजार

अ+ अ-

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ । हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्‍याउने माध्यम बनेको छ । विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ ।

हरेक शुक्रबार लाग्ने यस हाटबजारमा बिहानैदेखि चहलपहल सुरु हुन्छ । गाउँघरमा उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकारदेखि लिएर हस्तकलाका सामग्रीसम्म बिक्रीका लागि ल्याइन्छन् । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि यहाँ विशेष आकर्षण बन्ने गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजारले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्‍याउने अवसर दिएको छ । “स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ”, उनले भने । बिचौलियाबिना बिक्री हुने भएकाले किसानले उचित मूल्य पाउने र उपभोक्ताले ताजा सामान सस्तोमा पाउने अवस्था बनेको उनको भनाइ छ । 

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ पनि नियमित रूपमा हाटबजारमा सामान बेच्न आउँछन् । उनले गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायतका सामग्री ल्याएर बिक्री गर्छन् । “पहिले सामान बेच्न बजार टाढा जानुपर्थ्यो, खर्च पनि बढी हुन्थ्यो । अहिले यतै बेच्न पाइन्छ, आम्दानी पनि बढेको छ”, उनले खुसी व्यक्त गरे ।

स्थानीय बासिन्दाका अनुसार हाटबजारले केवल व्यापार मात्र होइन, सामाजिक भेटघाटको थलोका रूपमा पनि काम गरिरहेको छ । शुक्रबार आउँदा गाउँभरिका मानिस भेटिन्छन्, कुराकानी हुन्छ, नयाँ जानकारी साटासाट हुन्छ । यसले गाउँमा चहलपहल बढाएको छ ।

साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधार बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनका अनुसार गाउँपालिकाले सुरु गरेको यो पहल अहिले किसान, साना व्यवसायी र उपभोक्ताबीचको प्रत्यक्ष सेतु बनेको छ । “स्थानीय उत्पादनलाई बजार नपाउँदा किसान निराश हुने अवस्था थियो, अहिले भने गाउँमै बिक्री हुने वातावरण बनेको छ”, अध्यक्ष चुमानले भने । हाटबजारले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढाएको र घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कार बलियो बनाएको उनको भनाइ छ ।

उनले हाटबजारलाई केवल किनबेच गर्ने स्थान मात्र नभई स्थानीय उत्पादन प्रवर्द्धन, स्वरोजगार सृजना र सामुदायिक जमघटको थलोका रूपमा पनि लिनुपर्ने बताए । किसानको उत्पादनले उचित मूल्य पाउने, उपभोक्ताले ताजा सामान पाउने र गाउँमा आर्थिक गतिविधि बढ्ने भएकाले स्थानीयवासी यसलाई ‘गाउँको सानो बजार, ठूलो सहयोग’ भन्दै प्रशंसा गर्छन् ।

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगानलगायतका दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

0 Comments