काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६२० रुपैयाँ कायम भएको छ ।






