२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व

अ+ अ-

हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व संकलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख रमेश विष्टले सो अवधिमा साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ सवारी चालकलाई कारबाही गरिएको जानकारी दिए ।

उनका अनुसार कारबाहीको संख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ४१४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।

पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ सवारी दुर्घटना भएका थिए । पहिलो छ महिनामा ३५ र पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ ।

प्रमुख विष्टले कारबाही मात्रै गरेर सवारी दुर्घटना नियन्त्रण गर्न नसकिने भन्दै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रतिको चेतना र जिम्मेवारी आवश्यक रहेको बताए । “कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्‍यो”, उनले भने, “दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।”

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

0 Comments