३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीका राष्ट्रपति एर्दोगान चाँडै सिरिया भ्रमणमा जाने

अ+ अ-

काठमाडौँ ।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले चाँडै सिरियाको भ्रमण गर्ने तयारी भइरहेको टर्कीका विदेशमन्त्री हाकान फिदानले बताएका छन् । दमास्कस र अंकाराबीच राजनीतिक तथा आर्थिक सहकार्य थप विस्तार भइरहेका बेला एर्दोगानको सिरिया भ्रमणको तयारी अघि बढाइएको हो ।

सिरियाको सरकारी समाचार संस्था सानाकाअनुसार विदेशमन्त्री फिदानले आईतवार दमास्कसमा सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणका लागि आवश्यक वातावरण तयार पार्ने काम भइरहेको बताए । भेटवार्तामा दुवै अधिकारीले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । उनीहरूले राजनीतिक, कूटनीतिक, आर्थिक तथा सुरक्षा सहकार्यसहित ऊर्जा, शिक्षा, संस्कृति र शरणार्थीहरूको स्वदेश फिर्तीजस्ता विषयमा उच्चस्तरीय संयुक्त समिति सक्रिय बनाउने विषयमा समेत सहमति जनाएका छन् ।

शिबानीकाअनुसार उक्त समिति दुवै देशको संयुक्त नेतृत्वमा सञ्चालन हुनेछ । समितिले नियमित बैठक गर्ने तथा निर्णय कार्यान्वयनको अनुगमनका लागि स्थायी सचिवालय र विभिन्न क्षेत्रगत विशेष समितिहरू गठन गर्नेछ । टर्कीका विदेशमन्त्री फिदानले व्यापार तथा लगानीलाई सहज बनाउन दुई देशले विभिन्न संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । यसअन्तर्गत लगानीका लागि वित्तीय सुविधा, भिसा, काम गर्ने अनुमति तथा प्रमाणपत्रसम्बन्धी प्रक्रिया सहज बनाउने विषय समेटिएका छन् ।

फिदानले ऊर्जा र कपडा क्षेत्रमा टर्कीका लगानीकर्ताको सिरियामा बलियो चासो रहेको पनि बताए । पूर्व सिरियाली सरकार सन् २०२४ डिसेम्बरमा पतन भएपछि दमास्कस र अंकाराबीचको सम्बन्ध तिब्र गतिमा विस्तार हुँदै आएको छ । पछिल्लो समय दुई देशबीच राजनीतिक संवादसँगै आर्थिक तथा सुरक्षा सहकार्यलाई समेत प्राथमिकता दिइँदै आएको छ ।

0 Comments