३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। वार्नर एनपीएलमा सहभागी हुने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी बनेका छन्।

यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले समेत वार्नरले एनपीएल खेल्ने जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। उक्त पोस्टमा वार्नरले समेत प्रतिक्रिया जनाउँदै लाइक गरेका थिए।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमा सार्वजनिक गरेको संकेतका आधारमा वार्नर नै टोलीमा आबद्ध हुन लागेको अनुमान गरिएको थियो। अन्ततः गोर्खाजले उनको अनुबन्धन औपचारिक रूपमा सार्वजनिक गरेको हो।

३९ वर्षीय वार्नर अस्ट्रेलियाका सफल क्रिकेटरमध्ये एक हुन्। उनले अस्ट्रेलियाबाट सन् २०१५ र २०२३ को एक दिवसीय विश्वकप, सन् २०२१ को टी-२० विश्वकप तथा सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्।

वार्नरले अस्ट्रेलियाका लागि तीनवटै फर्म्याटमा शतक बनाएका छन्। उनले ११० टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतकसहित ३२ सयभन्दा बढी रन बनाएका छन्।

समग्र टी-२० क्रिकेटमा समेत वार्नरको प्रभावशाली प्रदर्शन छ। उनले ४३९ टी-२० खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजारभन्दा बढी रन बनाएका छन्।

वार्नरले विश्वका विभिन्न चर्चित फ्रेन्चाइज लिगमा समेत खेलिसकेका छन्। उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको ‘द हन्ड्रेड’, अमेरिकाको मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन प्रिमियर लिग तथा भाइटालिटी ब्लास्टमा सहभागिता जनाइसकेका छन्।

वार्नरको आगमनसँगै एनपीएलको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजप्रति अन्तर्राष्ट्रिय क्रिकेट समर्थकको चासोसमेत बढ्ने अपेक्षा गरिएको छ।

0 Comments