३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका

अ+ अ-

म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा कायमै रहेको छ। जिल्लामा गत आर्थिक वर्षमा सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका छन् भने एक किशोरीले १४ वर्षमै आमा बन्नुपरेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका रहेका छन्। कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका रहेको कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताएका छन्। ‘छ जना घरमै सुत्केरी भएका हुन्,’ सुवेदी भन्छन्, ‘गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अर्थात् ४३ जना २० वर्षमुनिका छन्।’

यसअघि आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अर्थात् १९० जना २० वर्षमुनिका थिए। त्यस्तै २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ जना थियो। विसं २०७८ को जनगणनाअनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ छ। जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार योजनाका साधनको प्रयोग गर्ने जनस्वास्थ्य कार्यालयको तथ्यांक छ।

म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मी समाजमा शैली फेरिएर बालविवाह कायमै रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउँछिन्। बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उनको भनाइ छ। ‘सामाजिक सञ्जाल, गरिबी, अभिभावकको निगरानी नहुने,’ रेग्मी भन्छिन्, ‘असल अभिभावकत्व र संरक्षण नपाउने तथा भावनात्मक परिबन्धमा परेर किशोरीहरू बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छ।’

प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा। हेमन्त बास्तोलाका अनुसार गत आवमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेकी छन्। १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले गत आवमा प्रदेश अस्पताल बेनीबाट प्रसूति सेवा लिएका छन्।

‘बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब,’ डा. बास्तोला भन्छन्, ‘लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीजस्ता समस्या एकसाथ जोडिएका छन्। शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।’

प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन्। त्यस्तै जनजाति समुदायका १७ र ब्राह्मण तथा क्षेत्री समुदायका सात जना रहेका छन्।

विद्यालय तहको पढाइ पूरा नहुँदै किशोरी तथा युवतीहरू आमा र गर्भवती हुँदा उच्च शिक्षा र रोजगारीको अवसरबाट वञ्चित हुने तथा सामाजिक रूपमा पछि पर्ने गरेका छन्। २० वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने र विवाह दर्ता नभई जन्म दर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ।

उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्दा पारिवारिक विचलन आउने गरेको छ। बालविवाह रोकथामका लागि कानुनी सचेतना मात्र पर्याप्त नभई विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।  

0 Comments