३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गाउँपालिकामा सञ्चालित ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यक्ष राईसहित उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार सोताङ गाउँपालिकामा आर्थिक वर्ष २०८०–८१ मा ९० कार्य दिनको ढाका सिलाइ–बुनाइ तालिम सञ्चालन भएको थियो। तालिम सम्पन्न भएपछि प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ माग गरी उक्त रकम छोरा सुनिलको बैंक खाताको क्युआर कोडमार्फत जम्मा गर्न लगाएको भन्ने उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष राईले आफ्नो पद तथा पदीय जिम्मेवारीको क्रममा गाउँपालिकाबाट ढाका बुनाइ तालिमको प्रशिक्षकको रूपमा काम दिलाउने तथा तालिममा सहजीकरण गर्नेलगायतका काम गरेबापत सेवाग्राहीबाट घुस-रिसवत लिएको अख्तियारको निष्कर्ष छ।

आयोगका अनुसार राईले छोरा सुनिलसँगको मिलेमतोमा आफ्नो निमित्त ४५ हजार रुपैयाँ रिसवत लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ। आयोगले उनीविरुद्ध ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ।

त्यस्तै, सुनिल नाछिरिङ राईले आमासँगको मिलेमतोमा तालिमको प्रशिक्षकको रूपमा काम दिलाउने तथा तालिममा सहजीकरण गर्नेबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिई उपाध्यक्ष राईसमेतका निमित्त उपलब्ध गराएको अख्तियारको दाबी छ।

सुनिलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको सजाय मागदाबी गरिएको छ।

अख्तियारले दुवै प्रतिवादीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

0 Comments