५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छ’ : माधव नेपाल

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताएका छन् । 

शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले देश, जनता र समाजको चिन्ता गर्दै मुलुकको रूपान्तरणका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले अहिले नेपाली राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्यामा फसेको उल्लेख गर्दै कोही विभाजनको अवस्थामा रहेको र कोही आफ्नै समस्याका कारण कमजोर बनेको टिप्पणी गरे । 

यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उनको दाबी छ । नेपालले आफ्नो पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री रहेको र पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । विगतमा पार्टीले खेलेको भूमिकाका आधारमा पनि नेपालको राजनीतिलाई सही दिशामा लैजान सक्ने विश्वास आफूहरूमा रहेको उनले बताए। उनले न्यायको पक्षमा आवाज उठाउने र अरूलाई पनि अन्यायविरुद्ध बोल्न प्रेरित गर्ने काम कम्युनिष्ट पार्टीले गर्नुपर्ने बताए। 

समाजमा न्याय र परिवर्तनका लागि पार्टीले आफैँ अगुवाइ गर्नुपर्ने उनको भनाइ छ । नेपालले मुलुकलाई रूपान्तरण गर्न केवल राजनीतिक नारा र आश्वासन पर्याप्त नहुने भन्दै नयाँ समाजको स्पष्ट परिकल्पना र त्यसलाई व्यवहारमा उतार्ने ठोस योजना आवश्यक रहेको बताए। उनकाअनुसार नयाँ समाजको सपना देख्ने, त्यसको रूपरेखा तयार गर्ने र सपनालाई वास्तविकतामा परिणत गर्न योजनावद्ध रूपमा काम गर्ने व्यक्तिले मात्रै समाज परिवर्तनमा योगदान दिन सक्छ ।

नेपालले भने, ‘न्यायका पक्षमा आवाज उठाउने र अरूलाई पनि त्यसका लागि प्रेरित गर्ने जिम्मेवारी हाम्रो हो । त्यसैले हामीले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । देश, जनता र समाजको चिन्ता गर्दै मुलुकलाई सही दिशामा अघि बढाउने जिम्मेवारी लिनुपर्छ । नेपालको राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्या र विभाजनको चुनौतीबाट गुज्रिरहेका छन्। यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक भूमिका र अनुभवका आधारमा राजनीतिक परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ । देशलाई रूपान्तरण गर्न नयाँ समाजको परिकल्पना गर्नुपर्छ । नयाँ समाजको सपना देख्ने, त्यसलाई साकार पार्न ठोस योजना बनाउने र कार्यान्वयनमा जुट्ने व्यक्तिले मात्रै परिवर्तनको नेतृत्व गर्न सक्छ ।’

उनले देश, जनता र समाजप्रतिको जिम्मेवारीवोधका साथ पार्टीका नेता तथा कार्यकर्तालाई परिवर्तनको अभियानमा सक्रिय हुन आग्रह गरे । 

0 Comments