३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने

अ+ अ-

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ ।

बुधवार बसेको समितिको बैठकले नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको हो ।

समिति सभापति ओजश्वी शेरचनले पहिलो चरणमा असोज ३ र ४ गते अनुगमन गर्ने जानकारी दिइन्। संसदीय परम्परा, अनुगमनको संवेदनशीलता र मितव्ययितालाई ध्यानमा राख्दै तीन जिल्लाका लागि छुट्टाछुट्टै संसदीय टोली गठन गरिएको छ । नुवाकोटका होल्डिङ सेन्टर अनुगमनका लागि सभापति शेरचनसहित अच्युतम लामिछाने, भीमकुमारी बुढामगर, राजन गौतम, राधिका रम्तेल र रिंगला यादव सदस्य रहनेछन् । त्यस्तै, धादिङका होल्डिङ सेन्टर अनुगमनका लागि सीता थपलिया, कुसुम महर्जन र झविलाल डुम्रे सदस्य रहनेछन् । काठमाडौँमा रहेका होल्डिङ सेन्टरको अनुगमनका लागि भने समिति परामर्श तथा समन्वय उपसमितिको परामर्शमा सभापतिले उपयुक्त मिति र सहभागी सदस्यको संख्या निर्धारण गर्ने निर्णय भएको छ ।

उनले भनिन्, ‘समितिबाट होल्डिङ सेन्टरको अनुगमन २०८० असोज ३ र ४ गते हुने ब्यहोरा जानकारी गराउँदछु । अनुगमनको क्रममा पहिलो चरणमा नुवाकोट, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरहरूको अनुगमन गर्ने । संसदीय परम्परा, अनुगमन गरिने विषयको संवेदनशीलता तथा अनुगमनका लागि समितिलाई प्राप्त निर्देशन तथा मितव्ययिता समेतलाई महसुस गरी थोरै भन्दा थोरै सदस्य समावेश हुने गरी धादिङको लागि एउटा, नुवाकोटको लागि एउटा गरी काठमाडौँका होल्डिङ सेन्टरको लागि अलगै संसदीय अनुगमन टोली रहनेछ ।’

समितिले अनुगमनको दोस्रो चरणसमेत सञ्चालन गर्ने जनाएको छ । दोस्रो चरणको अनुगमन सदन नचलेको समयमा असोज ८ देखि १२ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । समितिले आगामी दिनमा अन्य जिल्लामा समेत विभिन्न विषयमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

हालको अनुगमनमा सहभागी नभएका सदस्यलाई आगामी अनुगमनमा प्राथमिकता दिने र सम्भव भएसम्म कुनै सदस्यलाई दोहोर्‍याएर एउटै अनुगमन टोलीमा नराख्ने नीति समितिले लिएको सभापति शेरचनले जानकारी दिइन् ।

0 Comments