३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अध्यागमनका अधिकांश सेवा पेपरलेस बनाएका छौँ’ : महानिर्देशक तिवारी

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागले प्रदान गर्ने अधिकांश सेवा पेपरलेस बनाएको बताएका छन् ।

बुधवार विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको जानकारी दिएका हुन् ।

उनले ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने बताए । विभागले मोबाइल एपमार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको उनले जानकारी दिए ।

उनकाअनुसार अब विदेशी नागरिकलाई नेपालमा बसाइका क्रममा विभिन्न सेवा लिन सक्कल राहदानी बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

विभागले सेवाग्राहीको भीड व्यवस्थापन तथा सुशासनको जोखिम कम गर्न नियुक्ति (अपोइन्टमेन्ट) प्रणालीसमेत विस्तार गर्ने तयारी गरेको छ । विभागले यसअघि नै समय लिएर सेवा लिन आउने व्यवस्था सुरु गरे पनि अपेक्षा भन्दा कम सेवाग्राहीले मात्र अपोइन्टमेन्ट लिने गरेको उनले जानकारी दिए । दशैँ-तिहारपछि आपत्कालीन वा विशेष अनुरोधबाहेक अपोइन्टमेन्ट लिएका सेवाग्राहीलाई मात्र सेवा दिने व्यवस्था लागू गर्ने उनले बताए ।

उनले भने, ‘अहिले धेरै कामका लागि अध्यागमन विभाग अब आउनुपर्दैन । हामीकहाँ ट्रेकिङ पर्मिट, कार्य सहमति लागी हामीकहाँ मान्छे आउनुपर्दैन । अब भिसाको लागि एप्लिकेसन सबै बाहिरबाट हुन्छ, लिन आउनुपर्‍यो । सबै काम हाम्रो पेपरलेस हुन्छ । टिप्पणी लेखेर नीतिगत निर्णय गर्नुपर्ने बाहेक हामी कुनैपनि काम पेपरमा गर्दैनौँ । त्यो स्टेजमा हामी पुगेका छौँ । धेरै मान्छेहरू कार्यालयमा आउनुपर्ने अवस्था भयो भने त्यसले सुशासन नहुने जोखिम बढाउँछ । हामीले एपोइन्टमेन्ट बेसिसमा आउन भनेका छौँ । तर मान्छेहरू एपोइन्टमेन्ट लिएर एकदम थोरै आउन थाल्नुभएको छ । हामीले २००–३०० जनालाई टुरिस्ट भिसा दिन्छौँ भनेर सर्भिस खोलेका छौँ, पाँच जनाले मात्रै टाइम लिएर आउनुहुन्छ । अब दिनभरि त्यत्तिकै बसेर पनि भएन । आएको मान्छेलाई नदिएर पनि भएन । हामीले मान्छेलाई पनि वेट गर्न नपरोस्, हामी घण्टा घण्टाको स्लटमा पहिल्यै टाइम लिएर, हामीले टाइम स्लट लिने प्रबन्ध मिलाएका छौँ । हामीले अहिले अन डिमान्ड बेसिसमा दिएका छौँ । अब दशैँ–तिहार पछि केही समय पेनफुल भएपनि एपोइन्टमेन्ट लिएकालाई मात्रै सर्भिस दिनुपर्छ कि भन्ने पनि सोचिरहेका छौँ ।’

अध्यागमन विभागले विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ अवधारणा अघि सारेको छ । विभागकाअनुसार विदेशी नागरिकले मोबाइल एपमा आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरेपछि एपमा उत्पन्न हुने क्यूआर कोडमार्फत विभिन्न सेवा लिन सक्नेछन् ।

मनी एक्सचेन्ज, आन्तरिक हवाई टिकट, होटल चेक-इन तथा चेक-आउटलगायतका सेवामा सक्कल राहदानी देखाउनुपर्ने अवस्थाको विकल्पका रूपमा एपको क्यूआर कोड प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ ।

विभागकाअनुसार एपबाट प्रमाणीकरण गर्दा विदेशी नागरिकले हरेक समय राहदानी साथमा बोकेर हिँड्नुपर्ने झन्झट कम हुनेछ । साथै सेवा प्रदायक संस्थाले आवश्यक विवरण तत्काल प्रमाणीकरण गर्न सक्ने र अध्यागमन विभागको प्रमाणीकरणसम्बन्धी कार्यभारसमेत घट्ने अपेक्षा गरिएको छ ।

अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयन गरिरहेको जनाएको छ । विभागका अनुसार हाल १ हजार ६ सय भन्दा बढी सेवा प्रदायक संस्था प्रणालीमा आबद्ध भइसकेका छन् भने करिब दुई लाख ८० हजार गतिविधि प्रणालीमार्फत ट्रयाक भइरहेका छन् । यस्तै विभागले सञ्चालन गरिरहेको ‘नेपाली पोर्ट’ प्रणालीमा विदेशी नागरिकको वर्क परमिट, भिसा आवेदन तथा जारी, नेपाली नागरिकको प्रस्थान तथा आगमन अभिलेख र कालोसूची अद्यावधिकलगायतका कामको अनुगमन भइरहेको जनाएको छ । विभागले पछिल्लो समय ई–भिसा कार्यान्वयनको प्रक्रिया पनि अघि बढाएको जनाएको छ । पासपोर्ट फ्री ट्राभल प्रणाली कार्यान्वयन भएपछि विदेशी नागरिकले मोबाइल एपमा रहेको व्यक्तिगत विवरण र क्यूआर कोडमार्फत सेवा लिँदा सम्बन्धित विवरण स्वचालित रूपमा केन्द्रीय प्रणालीमा जोडिने विभागको भनाइ छ । पासपोर्टको डिजिटल विकल्प प्रयोग गर्दा हुन सक्ने जोखिम नियन्त्रण गर्न विभागले बायोमेट्रिक्स, पिन, ओटीपी, फेस आइडी वा फेस रिकग्निसनजस्ता माध्यमबाट पहिचान प्रमाणीकरण गर्ने व्यवस्था राख्ने जनाएको छ । विभागले विदेशी नागरिकलाई सेवा दिने संस्थालाई समेत प्रणालीमा आबद्ध गराउने तयारी गरेको छ ।

0 Comments