१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा सातदिने सीप तथा रोजगार मेला हुँदै, रोजगारी मिलानदेखि उद्यमशीलता सेवासम्म

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने नीतिअनुसार सरकारले असोज १४ देखि इटहरीमा रोजगारदाता र रोजगार खोजकर्तालाई प्रत्यक्ष जोड्ने सातदिने सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

अ+ अ-

काठमाडौँ । सरकारले स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यसहित कोशी प्रदेशको इटहरीमा सातदिने सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म आयोजना गर्ने मेलामा रोजगारी मिलान, सीप परीक्षण, तालिम, करियर परामर्श र उद्यमशीलतासम्बन्धी सेवा उपलब्ध गराइनेछ।

‘रोजगार प्रवर्द्धन दशक’ कार्यान्वयनको पहल
सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा घोषणा गरेको ‘रोजगार प्रवर्द्धन दशक (२०८३-२०९२)’ कार्यान्वयन गर्ने कार्यक्रमअन्तर्गत मेला आयोजना गर्न लागेको हो।

युवा जनशक्तिको ऊर्जा तथा सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्दै वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने सरकारको नीतिगत लक्ष्य छ।

मन्त्रालयले सीप तथा रोजगार मेलालाई देशव्यापी रूपमा विस्तार गर्न ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी कार्यान्वयन अघि बढाएको छ।

तीन तहको सहकार्यमा व्यवस्थापन
मेलाको निर्देशन तथा समन्वयका लागि श्रममन्त्री रामजी यादवको संयोजकत्वमा समिति गठन गरिएको छ। प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको सहकार्यमा मेलाको व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ।

मेलामा निजी क्षेत्र, उद्योग-प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार तथा सामाजिक सुरक्षा कोषलगायतका स्टल रहनेछन्।

रोजगारदाताको मागअनुसार जनशक्ति मिलान
मेलाले रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगार खोजकर्तालाई योग्यता, सीप र रुचिअनुसार रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ।

सहभागीलाई सीप परीक्षण र तालिमसँगै करियर परामर्श तथा उद्यमशीलतासम्बन्धी सेवामा पहुँच प्रदान गरिनेछ। सरकारले यस कार्यक्रममार्फत स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्ने नीतिलाई कार्यान्वयनमा लैजाने लक्ष्य राखेको छ।

0 Comments