१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१२ स्थानीय तहको खाता अझै सञ्चालनमा आएन

आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि १२ स्थानीय तहको आर्थिक खाता सञ्चालनमा नआउँदा ती पालिकाको वित्तीय कारोबार प्रभावित भएको छ।

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि धनुषाका १२ स्थानीय तहको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन।

असोज १ गतेसम्म जिल्लाका १८ स्थानीय तहमध्ये १० नगरपालिका र दुई गाउँपालिकाको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले जनाएको छ।

प्रमुख कोष नियन्त्रक बुद्धराम मल्ल आलेका अनुसार मिथिला, क्षीरेश्वरनाथ, मिथिला बिहारी, धनुषाधाम, कमला, नगराइन, हंसपुर, सबैला, सहिदनगर र विदेह नगरपालिकाको खाता सञ्चालनमा आएको छैन।

त्यस्तै, बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको आर्थिक खाता पनि सञ्चालन हुन नसकेको उनले जानकारी दिए।

जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म ६ वटाको मात्रै खाता सञ्चालनमा आएको छ। खाता सञ्चालनमा आएका स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन्।

0 Comments