काठमाडौँ । रुकुम पश्चिममा जटिल प्रसूति समस्या देखिएकी ३० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उनलाई उद्धार गरिएको हो।
नेपाली सेनाका अनुसार असोज १ गते रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ निवासी ती महिलालाई थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।






