३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको उद्धार अभियान : हवाईमार्गबाट ४,१९५ जनाको उद्धार, माथिल्लो त्रिशूली-१ बाट ११ शव निकालियो

अ+ अ-

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा परिचालित नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी नागरिक छन्।

नेपाली सेनाले शनिबार साँझ ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै रसुवा र नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज, उद्धार, राहत र स्वास्थ्य सेवा जारी रहेको जनाएको छ।

माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ शव निकालियो
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ।

सेनाका अनुसार अडिट–३ टनेलभित्र खोजी गर्ने क्रममा शनिबार दिउँसो साढे १२ बजेसम्म उद्धार गरिएका ११ वटा शव नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलभित्र थप खोजी कार्य जारी छ। यस्तै, त्रिशूली–३ए को टनेल तथा पावरहाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।

त्रिशूली–३बीमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी पावरहाउस रहेको क्षेत्रमा उत्खनन गरेको छ। उक्त स्थानमा अहिलेसम्म केही फेला नपरेको सेनाले जनाएको छ। त्यहाँ खोजी कार्य भने जारी छ।

लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका क्षेत्रमा समेत खोजी गरिएको छ। ती दुवै स्थानमा हालसम्म केही फेला नपरेको सेनाको विवरणमा उल्लेख छ।

८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष परिचालन
सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा विभिन्न आधारस्थल स्थापना गरी जमिनी खोज तथा उद्धारलाई पनि निरन्तरता दिएको छ।

त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधारस्थल स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ।

साँघुरा टनेलहरूको रेकी गर्नुका साथै प्रभावित क्षेत्रमा खोज तथा मूल्याङ्कन भइरहेको सेनाले जनाएको छ। सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोन प्रयोग गरी राहत सामग्रीसमेत ढुवानी भइरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

उनीहरूले अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेका छन्।

करिब चार हजारले पाए स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट हालसम्म ३ हजार ९९६ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

यसैगरी बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतलबजार क्षेत्रमा सडक खुलाउने काम पनि भइरहेको सेनाले जनाएको छ।

सेनाले प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धारसँगै दुर्गम क्षेत्रमा राहत पुर्‍याउने, स्वास्थ्य सेवा उपलब्ध गराउने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छ।

0 Comments