काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । आइतबार अपराह्न सुरु भएको बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।
बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन समेत पेश हुने र त्यसबारे छलफल गरी पारित गर्ने तयारी छ । कार्यदलले निर्वाचनको समीक्षा, पार्टीको भावी कार्यदिशा तथा संगठन सुदृढीकरणलगायत विषय समेटेर साझा प्रतिवेदन तयार पारेको जनाएको छ ।
सचिवालय बैठकले उक्त प्रतिवेदन पारित गरेपछि सोमवार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् ।






