५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी सिरियामा सैन्य स्थलमा विस्फोट हुँदा ११ सैनिकको मृत्यु

अ+ अ-

काठमाडौँ । सिरियाको पूर्वी प्रान्त देइर अल-जोरमा रहेको एक सैन्य स्थलमा विस्फोट हुँदा ११ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सिरियाको रक्षा मन्त्रालयले शुक्रवार भएको विस्फोटमा मृत्यु भएका आफ्ना ११ जना सैनिकको शनिवार अन्त्येष्टि गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

प्रान्तीय राजधानी देइर अल–जोर शहरको राष्ट्रिय अस्पतालमा मृतक सैनिकहरूको अन्तिम बिदाइ तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरिएको थियो । उनीहरू प्रान्तीय राजधानीको पश्चिममा रहेको अयाश क्षेत्रमा भएको विस्फोटमा मारिएका थिए । स्थानीय अधिकारीहरूका अनुसार विस्फोट हतियार भण्डारण स्थलमा भएको थियो 

 विस्फोटपछि उद्धार, स्वास्थ्य तथा सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको थियो । उद्धार टोलीले घाइते तथा बेपत्ता भएका व्यक्तिको खोजीसमेत गरेको थियो । विस्फोटको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ । घटनाबारे हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन । देइर अल–जोर प्रान्त इराकसँग सीमा जोडिएको क्षेत्र हो र यसको बीचबाट युफ्रेटिस नदी बग्छ । सिरियामा लामो समय चलेको द्वन्द्वका क्रममा यो क्षेत्र प्रमुख युद्धभूमिमध्ये एक थियो ।

युद्ध समाप्त भए पनि यस क्षेत्रमा अझै सुरक्षा चुनौती कायम रहेको छ ।

साथै, द्वन्द्वका क्रममा छोडिएका हतियार तथा विस्फोट नभएका विस्फोटक पदार्थका कारण स्थानीय बासिन्दाका लागि जोखिम रहँदै आएको छ ।

0 Comments