५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’ : अल्जाइमर्सबारे सचेत रहन मन्त्री बादीको आग्रह

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा स्मरणशक्ति कमजोर हुने रोगका लक्षण प्रारम्भिक चरणमै पहिचान गरी समयमै उपचार र उचित हेरचाहको व्यवस्था गर्न आग्रह गरेकी छन्।

विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गएकाले अल्जाइमर्स तथा स्मरणशक्ति कमजोर हुने समस्याको चुनौती पनि बढ्दै गएको बताएकी हुन्।

यस वर्षको विश्व अल्जाइमर्स दिवसको अन्तर्राष्ट्रिय नारा ‘जति छिटो थाहा हुन्छ, त्यति धेरै गर्न सकिन्छ : स्मरणशक्ति कमजोर हुने रोगको पहिचान महत्वपूर्ण छ’ रहेको छ। नेपालमा भने ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान : महत्वपूर्ण छ डिमेन्सियाको पहिचान’ भन्ने नाराका साथ दिवस मनाइँदै छ।

मन्त्री बादीले अल्जाइमर्स तथा स्मरणशक्ति कमजोर हुने समस्याबाट बच्न स्वस्थ जीवनशैली, सन्तुलित खानपान र समयमै स्वास्थ्य परीक्षण तथा उपचारमा ध्यान दिनुपर्ने बताएकी छन्।

उनले यस्तो समस्या भएका व्यक्तिलाई रोगकै कारण विभेद वा हेयभाव गर्न नहुनेमा जोड दिएकी छन्। प्रभावित व्यक्तिको संरक्षण, सहयोग र आत्मसम्मान सुनिश्चित गर्न परिवार, समुदाय, सरकार तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विपद्का समयमा ज्येष्ठ नागरिकको संरक्षणमा विशेष ध्यान
मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मान अझ संवेदनशील विषय बन्ने बताएकी छन्।

यसै सन्दर्भमा उनले भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

बाढी प्रभावित ज्येष्ठ नागरिकको उद्धार, राहत, पुन:स्थापना, स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यसम्बन्धी सहयोगका लागि मन्त्रालयले सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

मन्त्री बादीले अल्जाइमर्स तथा स्मरणशक्ति कमजोर हुने रोगबारे समयमै जानकारी हासिल गर्ने, प्रारम्भिक लक्षण पहिचान गर्ने र आवश्यक उपचार तथा हेरचाहमा ढिलाइ नगर्ने वातावरण बनाउनुपर्ने बताएकी छन्।

उनका अनुसार स्मरणशक्ति कमजोर हुने समस्याबाट प्रभावित व्यक्तिलाई सम्मान, सुरक्षा र आत्मसम्मानसहित जीवनयापनको वातावरण तयार गर्नु परिवारको मात्र नभई समुदाय र राज्यको समेत साझा जिम्मेवारी हो।

0 Comments