५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी वितरण सेवा प्रभावित, आवेदन संकलन भने नियमित

विभाग अगाडिको सडकमा बसमा आगलागी हुँदा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भई राहदानी छपाइ तथा वितरण प्रभावित भएको विभागले जनाएको छ। आवेदन संकलन भने पूर्ववत् सञ्चालन हुनेछ।

अ+ अ-

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागको राहदानी छपाइ तथा वितरण सेवा प्रभावित भएको छ।

विभाग परिसरअगाडिको सडकमा भएको बस आगलागीका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको विभागले जनाएको छ। यसबाट राहदानी वितरणमा समेत कठिनाइ भएको छ।

अपोइन्टमेन्ट लिएकालाई धैर्य गर्न आग्रह
विभागले राहदानी आवेदनका लागि अपोइन्टमेन्ट लिएका सेवाग्राहीलाई सेवा लिने मिति केही समय पछि सार्न तथा धैर्य गर्न अनुरोध गरेको छ।

आइतबार जारी जरुरी सूचनामा विभागले प्राविधिक अवरोधका कारण राहदानी वितरण तत्काल नियमित गर्न कठिनाइ भएको उल्लेख गरेको छ।

आवेदन संकलन नरोकिने
राहदानी छपाइ तथा वितरण प्रभावित भए पनि आवेदन संकलन प्रक्रिया भने पूर्ववत् रूपमा सञ्चालन हुने विभागले स्पष्ट पारेको छ।

विद्युत् तथा इन्टरनेटसम्बन्धी समस्या समाधान भएपछि राहदानी वितरण सेवा पनि नियमित हुने विभागले जनाएको छ। विभागले सेवामा परेको असुविधाप्रति सेवाग्राहीसँग समझदारी र सहयोगको अपेक्षा गरेको छ।

0 Comments