काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको छ।
समिति सचिवालयले एक सूचना जारी गर्दै आज बिहानका लागि तय भएको बैठक स्थगित भएको जानकारी दिएको हो।
यसअघि बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्ने कार्यसूची रहेको थियो। उक्त बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने, संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने तथा अन्य विविध विषयमा छलफल गर्ने तयारी थियो।






