६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

अ+ अ-

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ ।

दुईसातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ”, वडाध्यक्ष लामा भन्छन्, “झन् आठ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोही धमाधम फर्किएका छन् ।”

मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनको भनाइ छ । विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुईसातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउछन् ।

 “बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिन”, उनले भने, “यो वर्ष त पानी नन्स्टप परिरहेको छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै तीनफिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त सात, आठ फिट बाक्लो हिउँ परिसकेको छ । जोखिम देखेपछि आरोही फर्किएको उनको भनाइ छ । 

बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामा बताउछन् । “हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यस पालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला”, उनले भने, “अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।”

विश्वमै ख्याति रहेको आठ हजार १६३ मिटर मनास्लु आरोहण गर्न यस याममा करिब पाँच सय आरोहीले अनुमति लिएका थिए । गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।

0 Comments