६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सिरहाका सात जना नेता तथा कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।

गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो। केन्द्रीय अनुशासन समितिको ३१ भदौमा बसेको बैठकले सातै जनालाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ।

कारबाहीमा पर्नेमा औरही गाउँपालिका–५ का शुभाषकुमार दास, औरही गाउँपालिका–३ का महादेव यादव, सुखीपुर नगरपालिका–६ का क्षेत्रीय सदस्य शत्रुध्नप्रसाद यादव, धनगढीमाई नगरपालिका–१० का जिल्ला सदस्य निलकुमार राउत, गोलबजार नगरपालिका सभापति राजदेव साह ९लालबाबु०, गोलबजार नगरपालिका–९ का सभापति प्रेमशरण यादव र विष्णुपुर गाउँपालिका–५ का प्रदेश अधिवेशन प्रतिनिधि मुरली रायमाझी रहेका छन्।

पार्टीको प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको पक्षमा काम नगरेको तथा असहयोग गरेको विषयलाई अनुशासन समितिले कारबाहीको आधार बनाएको हो। समितिको निर्णयअनुसार उनीहरूले एक वर्षसम्म पार्टीको सदस्यका रूपमा रहने तथा पार्टीका सांगठनिक गतिविधिमा सहभागी हुने अधिकार गुमाउनेछन्।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ३४ को उपधारा ८ को खण्ड (घ) बमोजिम उनीहरूलाई निष्कासन गरिएको अनुशासन समितिको निर्णयमा उल्लेख छ।

केन्द्रीय अनुशासन समितिको निर्णयसँगै सिरहामा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लागेका नेता तथा कार्यकर्तामाथिको अनुशासनात्मक कारबाही अघि बढेको हो।

0 Comments