६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शहीदको रगत र आमाको आँशुमाथि राजनीति नगर्नुहोस्’ : सांसद रचना खतिवडा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देशको सुधारका लागि संसद्मा आएको स्पष्ट पारेकी हुन् ।

सांसद खतिवडाले संसदको रोष्टमबाट बोल्दै आफूलाई ‘छोराको लाशसँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणीहरूको सशक्त प्रतिवाद गरे । उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत रहर नभई ‘जेन जेड’ आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको न्यायका लागि भएको जिकिर गरे। 

सम्बन्धित राजनीतिक दल र सरकारलाई लक्षित गर्दै उनले जिम्मेवार भएर बोल्न आग्रह गरिन् । खतिवडाले आफू न्याय नपाएसम्म निरन्तर खबरदारी गरिरहने र न्याय प्राप्तिको दिन आफू पदबाट राजीनामा दिन एक सेकेण्ड पनि नहिचकिचाउने प्रतिवद्धता जनाइन् ।

उनले भनिन्, ‘मेरो काख रित्तिएको छ, संसार उजाडिएको छ । यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु । म कुनै माफिया बन्न वा जनतालाई उचालेर लडाउन आएकी होइन । म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ ।’

सरकारसँग माग राख्दै सांसद खतिवडाले बन्दी बनाइएका आन्दोलनकारीहरूको रिहाइ, घाइतेहरूको नि:शुल्क उपचार र सहिद परिवारको चित्त बुझ्ने गरी न्याय निरूपण गर्न ध्यानाकर्षण गराइन् । 

0 Comments