७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब

अ+ अ-

काठमाडौँ । सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनर्स्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

चाडपर्वको मुखमा भइरहेको मूल्यवृद्धि र बाढीपीडितको कष्टकर जीवनशैलीलाई लिएर सांसदहरूले सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् । सांसद बलावती शर्माले दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।

उनले मौसमी पूर्वानुमानलाई मध्यनजर गर्दै बाढीबाट नागरिकलाई सुरक्षित राख्न सरकारको पूर्व तयारीबारे समेत प्रश्न गरे ।
सांसद शर्माले भने, ‘दसैँ–तिहारको मुखमा तरकारी र मासुको मूल्य अस्वाभाविक बढेको छ, तर सरकारले बाह्य कारण देखाएर पन्छिने गरेको छ ।’

सांसद बुद्धरत्न महर्जनले विपद् प्रभावित परिवारहरू अझै पनि अस्थायी टहरामा बस्न बाध्य भएको भन्दै एकमुष्ट राहत तथा पुनर्स्थापना प्याकेज घोषणा गर्न माग गरे । सांसद भरतप्रसाद पराजुलीले बाढीमा बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारले प्रस्ट पार्नुपर्ने र मृतकसरहको राहत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

सञ्चार क्षेत्रको विषय उठाउँदै सांसद बुद्धिप्रसाद पन्तले सरकारी विज्ञापनमा गरिएको कटौती र पत्रकार महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । उनले स्वतन्त्र सञ्चार माध्यमलाई सबल बनाउनुपर्नेमा सरकारका नीतिहरूले संकटमा पारेको आरोप लगाए ।

सांसद विश्वराज पोखरेलले इलाका प्रशासन कार्यालय स्थापनाको माग दोहोर्‍याए । सांसद विना गुरुङले सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव र भौतिक पूर्वाधारको दुरवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन् । साथै, सांसद भरत गिरीले चाडपर्वको अवसरमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि प्रमुख राजमार्गहरूको सुरक्षा अडिट र सवारी साधनको फिटनेस परीक्षण कडाइका साथ गर्न सुझाव दिए ।

0 Comments