७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सेवा दल विधेयकमा बाल अधिकार सुनिश्चित गर्न आग्रह

अ+ अ-

काठमाडौँ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा तालिम दिने र त्यसपछि आवश्यकताअनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको विधेयकमा बाल अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।

प्रतिनिधि सभाबाट पारित सो विधेयकमा सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले विज्ञप्तिमार्फत बालबालिकामा अनुशासन, नेतृत्व, स्वयंसेवा, विपद् व्यवस्थापन तथा नागरिक जिम्मेवारी विकास गर्ने गैर सैनिक कार्यक्रम भने सकारात्मक रहेको जनाएका छन् ।

उनले सैन्य प्रकृतिको तालिम, हतियारसम्बन्धी अभ्यास बाल अधिकारको दृष्टिले भने उपयुक्त नहुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, बाल अधिकारसम्बन्धी महासन्धि तथा सशस्त्र द्वन्द्वमा बालबालिकाको संलग्नतासम्बन्धी वैकल्पिक आलेखले बालबालिकाको सर्वोत्तम हित, संरक्षण, विकास तथा सशस्त्र द्वन्द्वबाट सुरक्षालाई सुनिश्चित गरेको स्मरण गराइएको छ ।

सिजपले १८ वर्षमुनिका बालबालिकालाई सैन्य वा हतियारसम्बन्धी तालिम नदिन, युद्ध, सशस्त्र द्वन्द्व, आन्तरिक सुरक्षा वा कानुन कार्यान्वयनका कार्यमा परिचालन नगर्न तथा विद्यालय स्तरीय राष्ट्रिय सेवा कार्यक्रमलाई गैर सैनिक, बालमैत्री र स्वेच्छिक बनाउन सरकार र संघीय संसद्सँग आग्रह गरेको छ ।

यस्तै, बालबालिकाको शिक्षा, खेल, आराम तथा सर्वांगीण विकासमा प्रतिकूल असर नपर्ने व्यवस्था सुनिश्चित गर्न तथा विधेयक कार्यान्वयनअघि बाल अधिकार प्रभाव मूल्यांकन गरी बालबालिका र सम्बन्धित सरोकारवालासँग अर्थपूर्ण परामर्श गर्न सिजपले माग गरेको छ ।

राष्ट्र सेवाको भावना विकास गर्नु सकारात्मक भए पनि बालबालिकाको सैन्य करण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल अधिकारका मान्यता र दायित्वसँग अनुकूल हुन नसक्ने जनाउँदै सिजपले विधेयकलाई बाल अधिकार, बाल संरक्षण तथा संवैधानिक व्यवस्था अनुकूल हुने गरी आवश्यक संशोधन गर्न माग गरेको छ ।

0 Comments