७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङ भन्सार कार्यालयद्वारा २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व संकलन

अ+ अ-

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व संकलन गरेको छ । 

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका माल वस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी-केरुङ नाकाबाट रुट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिएका हुन् ।

कोरलानाकास्थित  लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिए।

 केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताए।  नेपाल–चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रूपमा कोरला नाका बनेको छ ।

 रसुवागढी नाका पूर्ण रूपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा रु ५३ लाख मात्रै राजस्व संकलन भएको थियो । यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका  १६३ वटा विद्युतीय सवारी ९इभी० गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।

मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी रु तीन अर्ब सात करोड ९३ लाख राजस्व संकलन भएको छ । प्रमुख चुडालले पहिलो साउन महिनामा रु २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा संकलन भएकोमा दोस्रो भदौ महिनामा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व संकलन भएको हो ।

मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी–न्हेचुङ) कोरला नाका हुँदै नेपाल भित्रिदा रु १७ करोड ३४ लाख राजस्व संकलन भएको थियो । 

यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए । यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरला नाका हुँदै नेपाल भित्रिएका थिए । 

मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२/०८३ को बाह्र महिनामा रु छ अर्ब ९२ करोड राजस्व जम्मा गरेको  थियो । त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।

0 Comments