काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ । विशेष अवस्थामा बाहेक संसद्मा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुनेछ ।






