८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खोलो तरेपछि लौरो बिर्सने हो ?’ भन्दै संसदबाट सरकारलाई रास्वपा सांसद ढकालको प्रश्न

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले जेन जेड घाइते, शहीद परिवार र कर्तव्य पालनाका क्रममा दिवंगत सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु र परिवर्तनका संवाहकलाई सडकमा अलपत्र पार्नु गम्भीर त्रुटि भएको औँल्याएका हुन् ।

उनले २०८२ मङ्सिर २४ गते ‘जेन जेड’ आन्दोलनकारीसँग भएको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए । आन्दोलनरत घाइते र शहीद परिवारले २३ बुँदे माग राखेर संघर्ष गरिरहेको सन्दर्भ जोड्दै उनले राज्यले सम्बोधन गर्न सक्ने मागहरूमा ढिलाइ गर्न नहुनेमा जोड दिए।

सांसद ढकालले सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै भने, ‘खोलो तरेपछि लौरो बिर्सने हो ? परिवर्तनका लागि लडेका घाइतेहरू शरीरमा गोलीका छर्रा बोकेर देश–विदेशमा मजदुरी गर्न बाध्य छन्, यो राज्यका लागि लज्जाको विषय हो ।’

उनले भर्खरै स्वास्थ्य मन्त्रालयसँग भएको ५ बुँदे सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरे । कर्तव्य पालनाको क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई दिइने १० लाख रुपैयाँको राहत अपर्याप्त भएको टिप्पणी गरेका छन् ।

0 Comments