९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरका गुठी जग्गावासी आन्दोलित: १५ दिने सूचना खारेज गर्न माग

अ अ+ अ-

काठमाडौँ । जनकपुरधामका गुठी जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरूले सरकारद्वारा जारी १५ दिने सूचना खारेज गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन् ।

आफूहरूले पुर्ख्यौली सम्पतीसरह भोगचलन गर्दै आएको जग्गाबाट विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयले गुठी संस्थान र स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनकपुरका विभिन्न स्थानमा २०२५ सालदेखि नै बसोबास गर्दै आएका स्थानीयहरूले जग्गाको स्वामित्व वा व्यवस्थित उपभोगको अधिकार पाउनुपर्ने माग अघि सारेका छन् ।

स्थानीयले गुठी संस्थान ऐन, २०२५ र २०३३ को प्रावधानअनुसार आफूहरूलाई व्यवस्थित गर्नुपर्नेमा उल्टै जग्गा खाली गर्न दबाब दिइएको आरोप लगाएका छन् । 

आन्दोलनकारीहरूले घर भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग गरेका छन् । पीडित पक्षले स-साना बालबालिका बोकेर प्लास्टिकको छानोमुनि बस्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै राज्यले यसको मानवीय पाटो हेर्नुपर्नेमा जोड दिएका छन् । 

उनीहरूले आफ्ना माग पूरा नभए आम हडताल र चक्काजामसम्मका कडा कदम चाल्ने चेतावनी दिएका छन् । 

संघर्ष समितिका सचिव वचनदेव मण्डलले गुठीले आतंक गरिरहेको बताउँदै उनीहरूको विरोधमा उत्रिएको बताए । 

यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले गुठी जग्गाको विषय संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट पारे । 

स्थानीयको समस्या समाधानका लागि गठित नौ सदस्यीय उच्चस्तरीय समितिमा आफ्ना मागहरू समावेश गर्ने प्रतिबद्धता जनाए । 

समितिले नापी, मालपोत र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूसँग समन्वय गरी जग्गाको वास्तविक अवस्था अद्यावधिक गर्ने र स्ववासीको अधिकार नखोसिने गरी व्यवस्थापन गर्न पहल गर्ने विश्वास दिलाएको छ । 

जग्गाको वैधानिकता र स्वामित्वको विषयमा रहेको द्विविधाले गर्दा जनकपुरमा गुठी जग्गाको समस्या अझै जटिल बनेको छ । 

0 Comments