१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अ अ+ अ-

चितवन । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी, राप्ती र रिउ नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढी आउने, नदी कटान हुने र डुबानको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

निकुञ्जले आफ्ना कर्मचारी, मध्यवर्ती उपभोक्ता समूह तथा समिति, मध्यवर्ती सामुदायिक वन, चोरीशिकार नियन्त्रण गर्ने युवादस्ता, स्थानीय समुदाय तथा निकुञ्ज र मध्यवर्ती क्षेत्र घुम्न आउने पर्यटकलाई मौसमको पूर्व जानकारी लिएर मात्र आवतजावत गर्न तथा आवश्यक सतर्कता र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ ।

निकुञ्ज प्रशासनले प्रतिकूल मौसमका बेला नदी, खोला र अन्य जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्को पूर्व तयारीका साथ सुरक्षित रहन विशेष अपिल गरेको छ ।

0 Comments