१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोका कारण कोरला सडक अवरुद्ध

अ अ+ अ-

मुस्ताङ । लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाका जोड्ने जोमसोम-कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्ति क्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड-२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको जानकारी दिए ।

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरी चौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ ।

प्रहरी निरीक्षक बस्यालका कारण कोरला नाकातर्फ मालसमान ढुवानी गर्न गएका र ढुवानी गरी फर्किएका कन्टेनर पहिरोले अवरुद्ध भएको स्थानमा अलपत्र परेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण वारागुङ मुक्ति क्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा पहिरो खसेर सडक अवरुद्ध भए पनि त्यहाँ डोजर परिचालन गरी सडक सञ्चालन गरिएको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

शुक्रबार रातिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार निरन्तर परेको वर्षाले बेनी–जोमसोम सडकको घाँसा बगर खोल्सामा सडक अवरुद्ध भइरहेको छ भने काभ्रेभीरमा सडक माथिबाट ढुङ्गा खस्ने क्रममा जारी रहेको छ । आयोजना प्रमुख शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा सडक माथि पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएपछि चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्भावित विपद् जोखिमको संवेदनशीलाई मध्यनजर गर्दै दिउँसोका समयमा यातायातका साधन नचलाउन अनुरोध गरेको छ । 

0 Comments