१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थापन इतर पक्षको १५ औँ महाधिवेशन: क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । 

शनिवार काठमाडौँको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो । पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ काँग्रेसले यस पटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन पार्टीले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ । 

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यस पटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ । उनले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यस पटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताए । 

निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको जनाए । उनले १५ गते देशभरका वडाहरूमा अधिवेशन शुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया शुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय (४ दिन) मा निर्माण गरिएको उक्त वेबसाइटमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गरे । हाल यो वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भए पनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने पार्टीले जनाएको छ । 

0 Comments