काठमाडौँ । ललितपुर महानगरपालिकास्थित धापाखेलमा सोमबार बिहान एक साढे दुई तले घर ढलेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, घर ढल्नुअघि नै सुरक्षा सतर्कता अपनाइएकाले कुनै पनि मानवीय क्षति हुन पाएको छैन। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी तथा स्थानीय प्रशासनले हिजो (आइतबार) नै घरधनी तथा बसोबासीलाई घर खाली गर्न आग्रह गरेका थिए।
घर ढल्नुको कारण र त्यसबाट भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






