१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयो’: सांसद राई

अ अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले विपद्पछिको अवस्था र मुलुकको गम्भीर संकटका बेला सरकार गैर जिम्मेवार बनेको आरोप लगाएका हुन् ।  प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित भई जवाफ दिन माग गरे । सांसद राईले भदौ १० गतेको विपद्पछि एक महिना दुई दिन बितिसक्दा पनि प्रभावितहरूले न्याय पाउन नसकेको र सरकारले पर्याप्त चासो नदेखाएको बताए ।

उनले उक्त विपद्मा परी ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी र घाइतेहरूको उपचारमा सरकारले गम्भीरता नदेखाएको उल्लेख गरे । सरकारका पछिल्ला गतिविधिहरूलाई ‘केटाकेटी खेले जस्तो र लुकिछिपी’ शैलीको भन्दै सांसद राईले आलोचना गरे । 

उनले भने, ‘घरी कसैलाई पक्रने र घरी छोड्ने जस्ता गतिविधिले सरकारको गम्भीरतामाथि प्रश्न उठाएको छ । कम्तीमा यस्ता संवेदनशील विषयमा सरकारले सिरियसली काम गर्नुपर्छ ।’

उनले मुलुकमा बढ्दो भोकमरी र आर्थिक अभावका कारण नागरिकहरू आत्महत्या गर्न बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । यस्तो परिस्थितिमा सरकार र सदनप्रति जनताको आक्रोश बढ्दै गएको भन्दै उनले सचेत गराए । आफूहरू प्रतिपक्षमा रहे पनि सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले सरकारले जनताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । 

0 Comments