१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय नगरी पोखरामा लागु औषधको जालो: नयाँ स्वरूप र बढ्दो प्रयोग प्रहरीका लागि चुनौती

अ अ+ अ-

काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय लागु औषधको कारोबार र प्रयोग नयाँ स्वरूपमा देखिन थालेको छ ।

परम्परागत लागु औषधका साथै विदेशी बजारमा प्रचलित नयाँ प्रकृतिका लागु औषध समेत भित्रिन थालेपछि प्रहरीले यसलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा लागु औषध नियन्त्रणसम्बन्धी कारबाही र पक्राउ पर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । 

विगतका वर्षहरूको तुलनामा यस वर्ष प्रहरीले सक्रियता बढाएसँगै कारोबार र सेवनका घटनाहरू थप उजागर भएका हुन् ।

पोखराको पर्यटन र रात्रिकालीन मनोरञ्जनको केन्द्र हुनुको फाइदा उठाउँदै लागु औषध कारोबारीहरूले आफ्नो सञ्जाल विस्तार गरिरहेको अनुसन्धानबाट खुलेको छ । विभिन्न क्षेत्रबाट आउने पर्यटक र स्थानीय युवाहरूलाई लक्षित गरी भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ । 

उनले भने, ‘हामीले लागु औषधको स्रोत र यसको वितरण सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेका छौँ । पर्यटकीय र मनोरञ्जन स्थलहरूमा हुने अस्वाभाविक गतिविधिप्रति प्रहरी विशेष सतर्क छ ।’ 

प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथिको अनुसन्धानबाट लागु औषधको आपूर्ति कहाँबाट हुन्छ र यसका नाइकेहरू को हुन् भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको छ । पोखरा जस्तो संवेदनशील र पर्यटकीय क्षेत्रमा बढ्दो लागु औषधको पहुँचले युवा पुस्ताको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पार्ने भन्दै सरोकारवालाहरूले पनि चिन्ता व्यक्त गरेका छन् । 

प्रहरीले लागु औषध मुक्त समाज निर्माणका लागि थप कठोर नीति अपनाउने तयारी गरेको छ । 

0 Comments