काठमाडौँ । साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार ब्युरोको टोलीले सोमबार दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। अदालतबाट अनुमति लिएपछि उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रसाईँमाथिको आरोपबारे ब्युरोले थप विवरण सार्वजनिक गरेको छैन।






