१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधान न्यायाधीश जबरालाई प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण

अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट प्रहरी कार्यालय लगेको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार जारी प्रेस विज्ञप्तिमा सर्वोच्चले स्वतन्त्र र सक्षम न्यायपालिका लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्य भएको उल्लेख गरेको छ। 

पूर्वप्रधान न्यायाधीश, पूर्वन्यायाधीश तथा बहालवाला न्यायाधीशमाथि हुने हस्तक्षेपले न्यायिक स्वतन्त्रताप्रति जनविश्वासमा असर पर्न सक्ने अदालतको भनाइ छ। 

कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने सर्वोच्चले स्मरण गराएको छ। न्यायपालिकाबाट हुने न्याय सम्पादनमा बाह्य वा आन्तरिक प्रभाव पर्न नदिन सबै सरोकारवालालाई अदालतले आग्रह गरेको छ।

प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा उक्त धारणा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार सार्वजनिक गरिएको उल्लेख छ।

0 Comments