१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोदारी नाका पूर्ण सञ्चालनका लागि नेपाल-चीन उच्चस्तरीय पहल

अ अ+ अ-

काठमाडौँ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका कोदारीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल सरकारले उच्चस्तरीय पहल थालेको छ।

नाका जोड्ने सडकको अवस्था, सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र सञ्चालनका प्राविधिक जटिलता समाधानका लागि नेपाली प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो।

परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा नाका सञ्चालनमा देखिएका समस्या तथा राजमार्गको अवस्थाबारे ध्यानाकर्षण गराएको छ। टोलीमा परराष्ट्र र अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा सडक डिभिजन चरीकोटका अधिकारी सहभागी थिए।

टोलीले सिन्धुपाल्चोकका स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रतिनिधिसँग समन्वय गरी नाकाको वर्तमान अवस्थाबारे जानकारी लिएको थियो। अनुगमनका क्रममा विशेष गरी कोदारी नाकासम्म पुग्ने राजमार्गको भौतिक अवस्था र सडक सञ्चालनमा देखिएका प्राविधिक कठिनाइको अध्ययन गरिएको थियो।

सडकको कमजोर अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध हुन नदिन तत्काल सुधारका काम अघि बढाउनुपर्नेमा नेपाली पक्षले जोड दिएको छ। साथै, सीमा नाकाबाट हुने वस्तु तथा सेवाको आवागमन सहज बनाउन आवश्यक पूर्वाधार सुधारमा चीनसँग सहकार्यका लागि आग्रह गरिएको छ।

अनुगमनपछि भएको छलफलमा चिनियाँ पक्षले सीमा क्षेत्रको सडक मर्मत तथा सुधारका लागि आवश्यक काम अघि बढाउन र नाका सञ्चालनमा देखिएका व्यावहारिक समस्या समाधान गर्न सकारात्मकता देखाएको नेपाली पक्षले जनाएको छ।

सीमा क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले आवश्यक तयारी गर्ने प्रतिबद्धता जनाएका छन्। पछिल्लो उच्चस्तरीय पहलबाट लामो समयदेखि विभिन्न कारणले अपेक्षित रूपमा सञ्चालन हुन नसकेको तातोपानी-कोदारी नाकालाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ।

0 Comments