१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले बगाएको गैँडा कसरा ल्याइने

अ अ+ अ-

चितवन । शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ । प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो ।

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि डार्टको तयारी गरिएको छ । निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार अब डार्ट गरेर गैँडालाई ट्रकमा राखेर ल्याइँदैछ । झाडीमा रहेकाले उमेर र लिङ्ग पहिचान गर्न नसके पनि टाढाबाट प्राविधिकहरूले गैँडा अन्दाजी पाँच वर्षको पोथी रहेको जनाएका छन् ।

गैँडा नारायणी नदीले बगाएर सुस्ता गाउँपालिका–४ मा पुर्‍याएको हो । नारायणी नदीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । अहिलेसम्म नदीले बगाएको गैँडा एउटाको मात्र सूचना आएको भए पनि नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्‍याएको हुनसक्ने अनुमान छ । 

यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ । 

0 Comments