१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

अ अ+ अ-

काभ्रेपलाञ्चोक । निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्‍याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो ।

तीन वर्ष अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो ।

विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । समय सीमाभित्र काम नगरेपछि पछिल्लो पटक २०८१ वैशाख २० गते विभागीय निर्णयानुसार २३ महिना २५ दिन म्याद थप गरिएको थियो । निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताए ।

पुल निर्माणका लागि  मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु. ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलको तीन वटा पिल्लर उठाउनाका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ ।

भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठ निर्माणाधीन पुलको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नु परेको बताउँछन् । “पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किमी मात्रै हिँडे पुग्छ”, उनले भने।

यसैबीच काभ्रेपलान्चोक सांसद बदन भण्डारीले केही दिन पहिले अलपत्र अवस्थामा रहेको पुलको अनुगमन र निरीक्षण गरेका थिए । उनले पुल निर्माणका लागि आफूले पहल गर्ने बताएका थिए । 

0 Comments