१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीजन्य पदार्थ र काठको अव्यवस्थापनले तराई जोखिममा, प्रकृतिको सदुपयोग नहुँदा अभिशाप बन्दै गएको तर्क

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा उनले नदीनालामा बग्ने बालुवा र जंगलबाट आउने काठलाई बेलैमा व्यवस्थापन गर्न नसक्दा ती वस्तु नै विपत्तिको कारण बन्न पुगेको बताएका हुन् ।

सांसद झाले संसदमा बोल्दै प्रकृतिको सदुपयोग हुन नसक्दा त्यो वरदानको सट्टा अभिशाप बन्दै गएको तर्क गरे । विशेष गरी, बाढीको समयमा नदीमा आउने ठूलो परिमाणको बालुवा र काठ तराईतर्फ बग्दा स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्ने गरेको उनले उल्लेख गरे । स्वदेशी प्राकृतिक स्रोतको उचित व्यवस्थापन र उपयोग गर्न नसक्नु मुलुकको नीतिगत कमजोरी भएको उनको भनाइ छ ।

उनले सदनमा प्रश्न गर्दै भने, ‘नदीमा पानीभन्दा बढी काठ बगेको हामीले देखिरहेका छौँ, बालुवा थुप्रिएर नदीको सतह बढेको छ । यसरी हाम्रो प्रकृति र स्रोतहरू खेर गइरहेका छन्, तर हामी भने मलेसियालगायतका विभिन्न देशबाट काठ आयात गरिरहेका छौँ ।’

सांसद झाले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै नदीजन्य पदार्थ र वनजन्य स्रोतहरूको वैज्ञानिक व्यवस्थापनका लागि तत्काल योजना बनाएर अघि बढ्न माग गरे । यस्ता स्रोतहरूको व्यवस्थित परिचालन गर्नसके एकातिर विपत्तिको जोखिम कम हुने र अर्कोतिर मुलुकलाई आर्थिक लाभसमेत हुने उनको दाबी छ ।

0 Comments