१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखरनिकट नेता-कार्यकर्ता देउवा समूहको अधिवेशनमा सहभागी हुने

अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालानिकट नेता–कार्यकर्ताहरू पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका छन्।

कोइराला स्वयं भने अधिवेशन प्रक्रियामा तटस्थ रहने भए पनि उनीनिकट नेता-कार्यकर्ताहरूले व्यक्तिगत निर्णयका आधारमा अधिवेशनमा सहभागिता जनाउने तयारी गरेका हुन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइरालानिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने जानकारी दिएका छन्।

उनका अनुसार अघिल्लो अधिवेशनमा पनि केही नेता-कार्यकर्ताले समूहगत निर्णयभन्दा व्यक्तिगत विवेकका आधारमा सहभागिता जनाएका थिए। यसपटक पनि त्यही आधारमा केही नेता–कार्यकर्ता अधिवेशन प्रक्रियामा सहभागी हुने उनले बताएका छन्।

यसैबीच, देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई आवश्यक निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलका अनुसार बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्ने गरी जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको छ।

0 Comments