१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ’ : ‘प्रचण्ड’

अ अ+ अ-

वीरगञ्ज (पर्सा) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएका छन् । 

नेकपा, पर्सा जिल्लाले यहाँ आज आयोजना गरेको ‘पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण’ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणालीलगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्री दाहालले भने, “अहिलेको राजनीतिक परिस्थिति अलिक असहज र असाधारण छ, संविधानको मौलिक हक, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, दलित, महिला, मधेसी तथा उत्पीडित समुदायको अधिकार कटौती हुने खतरा दिन प्रतिदिन बढ्दै गएको छ, यो सबै यतिकै आएको होइन, जोगाउनकै लागि पनि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनै पर्छ ।” 

उनले आफ्नो पार्टीले जनताको निम्ति गरेका कामको बारेमा जनतालाई नै बुझाउन नसकेको स्वीकार गरे। मुलुकको निम्ति फेरि एक पटक कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्दै एकीकृत हुनुपर्ने बेला आएको उनको भनाइ छ । 

पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादको निम्ति कम्युनिष्टबीचको एकताको आवश्यकता औँल्याए। उनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने गरी लाग्न नेता तथा कार्यकर्तालाई अपिल गरे। नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति काम गर्ने गरी एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

0 Comments