१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियन गेम्स कबड्डी: लगातार दोस्रो पटक काँस्य जितेर इतिहास रच्दै स्वदेश फर्कियो नेपाली टोली

अ अ+ अ-

काठमाडौँ । एशियन गेम्समा लगातार दोस्रो पटक काँस्य पदक जित्दै नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । 

अभाव, पूर्वाधारको कमी र कठिन तयारीका बाबजुद टोलीले हासिल गरेको यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ उचाइ थपेको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा खेलाडीहरूको अनुहारमा पदकको चमक र देशका लागि केही गर्न सकेको सन्तोष स्पष्ट देखिन्थ्यो । सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भए पनि नेपालले समग्र प्रदर्शनमा आफूलाई अब्बल साबित गर्‍यो । 

कप्तान मानमति विष्टले भनिन्, ‘हामीले फाइनल खेल्ने सपना देखेका थियौँ, तर लगातार दोस्रो पटक पदक जितेर देशको प्रतिष्ठा जोगाउन सफल भयौँ । यो सफलता हाम्रो र राष्ट्रको विश्वासको जित हो ।’

टोलीले तयारीका क्रममा नेपालमा गएको बाढी पहिरोको घटनाबाट मानसिक रूपमा निकै पीडा महसुस गरेको थियो । कप्तान विष्टले यो पदक देशमा बाढीका कारण पीडित बनेका नागरिकहरूलाई समर्पित गरिन् । टोलीले प्रशिक्षणका क्रममा भारतमा बस्दा देशको अवस्था सम्झेर आफूहरू भावुक बनेको स्मरण गरिन् । 

प्रमुख प्रशिक्षक पार्वती राईका अनुसार यो सफलता खेलाडीहरूको निरन्तरको मेहेनत र अनुभवको उपज हो । 

उनले भनिन्, ‘खेलाडीहरूमा आत्मविश्वास बढ्दो छ, तर पदकको रङ बदल्नका लागि अब पूर्वाधार र पोषणमा ध्यान दिनु जरुरी छ । बिना ग्राउन्ड र आधुनिक हलको तयारीमा पनि हामीले इतिहास त रच्यौँ, तर अब राज्यले कबड्डीको छुट्टै संरचना र खेलाडीका लागि सन्तुलित आहारको व्यवस्था गर्नुपर्छ । कोच र खेलाडीबीचको भावनात्मक सम्बन्ध र अनुशासनले नै हामीलाई यहाँसम्म पुर्‍याएको हो । अबको लक्ष्य भनेको प्रशिक्षणको स्तरवृद्धि गर्दै स्वर्ण पदक तर्फको यात्रा तय गर्नु हो । सरकारले सहयोग गरेमा नेपाली कबड्डी टोली विश्वस्तरमै थप चम्किने पक्का छ ।’

उनले अबको लक्ष्य प्रशिक्षणको स्तरवृद्धि गर्दै स्वर्णपदक तर्फको यात्रा तय गर्नु रहेको बताइन् । सरकारले सहयोग गरे स्वर्ण पदक प्राप्त गर्न असम्भव नरहेको बताइन् । 

0 Comments