१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरूको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन् । 

मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले  लाइसेन्स लिएका जलविद्युत आयोजनाहरूको कामको फ्लोअप गर्ने प्रणाली विकास गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । 

‘मैले एउटा एकदम ठूलो ग्याप के पाएभन्दा विभागको जिम्मेवारी लाइसेन्स दिनेसम्म मात्र रहेछ, लाइसेन्स लिएर त्यसपछि के गर्‍यो छ ? कम्युनिटी सपोर्ट प्रोग्राम गर्या छ कि छैन ? सीएसआरहरु गर्या छ कि छैन ? कम्प्लायन्सहरु पालना गर्या छ कि छैन ? किनकि लाइसेन्स दिनेले त त्यो रेस्पोन्सिबिलिटी पनि क्यारी त गर्नु पर्‍यो,’ मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले पहिला स्रोतहरू वा प्रणाली नभए पनि अब बनाउनुपर्ने बताए । यसलाई विद्युत् नियमन आयोग सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘त्यो भनेको बरु इआरसीसहित एक्टिभ भएर गर्ने हो । किनभन्दा विभागमा आउनुपर्ने गुनासो पनि मन्त्रालयमा आइराछ र त्यसैले हामीले प्रणाली सक्रिय गर्नुपर्नेछ,’ उनले भने ।

मन्त्री श्रेष्ठले मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यलाई विद्युत् नियमन आयोगमार्फत नियमित अनुगमनको प्रणाली विकास गर्न निर्देशन दिए ।  

टिप्पणी फाइलहरूमा पर्याप्त कानुनी आधारहरू राख्न निर्देशन
मन्त्री श्रेष्ठले मन्त्रालय मातहत निकायबाट आउने टिप्पणी फाइलहरूमा पर्याप्त कानुनी आधारहरू नहुने गरेको भन्दै ध्यान दिन पनि निर्देशन दिए । 

‘मलाई एउटा दुख लागेको कुरा मन्त्रालयमा टिप्पणीहरू उठ्दा, निर्णयहरू आउँदा कानुनी आधारहरू नै पर्याप्त हुँदैन । के गर्ने भन्ने कुराको एउटा कार्यकारी हिसाबले हामीले यो जिम्मेवारी बहन गर्दै गर्दा खेरि त्यो गर्ने कि नगर्ने भन्ने कुराको मार्गदर्शन नै मलाई पर्याप्त भइराखेको छ। यसमा मेरो अनुरोध केभन्दा त्यो स्पष्ट हुनुपर्‍यो । अब १२ वर्ष अगाडि देखिको फाइल आउँछ, चार वर्षदेखि अगाडिको आउँछ । त्यसको विषयको गम्भीरता मैले बुझेको हुँदैन । त्यसमा गर्ने के हो, कतिखेरको घटनाक्रम, के हो, किन भएको, किन गर्ने, किन नगर्नेरु यस्ता आधार त हुनुपर्‍यो नि,’ उनले भने ।

अबदेखि टिप्पणी उठाउँदा छरितो हिसाबले गर्न निर्देशन दिए । सरकारले छरितो प्रक्रियाका लागि नीति पनि ल्याएको उल्लेख मन्त्री श्रेष्ठले तीनटा भन्दा बढी वाला टिप्पणी नल्याउन निर्देशन दिए । 

0 Comments