१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, फोहोर मैला व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सातवटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमध्ये एक विधेयक बहुमतले र बाँकी ६ विधेयक सर्वसम्मतिले स्वीकृत भएका हुन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । 

सभामुखको अनुमतिमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३’ लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

यस्तै, प्रधानमन्त्री तथा रक्षा मन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले पेश गरेको अर्को ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३’ भने सभाबाट सर्वसम्मतिले स्वीकृत भई सम्बन्धित समितिमा पठाइएको छ । 

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रस्तुत गरेको  ‘फोहोर मैला व्यवस्थापन विधेयक २०८३’ तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गरे को ‘महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८३’ पनि सर्वसम्मतिले समितिमा पठाइएका छन् । 

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतका चारवटा विधेयकहरू पनि निर्विरोध रूपमा दफावार छलफलका लागि पठाइएका छन् । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण (पहिलो संशोधन) विधेयक २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०८३’ प्रस्तुत गरेकी थिइन् । ती सबै विधेयकलाई सभाले सर्वसम्मतिले दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको हो ।

0 Comments